लागुऔषधसहित तीनजना पक्राउ

लागुऔषधसहित तीनजना पक्राउ

सुर्खेत। लागुऔषधसहित सुर्खेतबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधसहित शनिबार बेलुका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मंगलगढी चोकबाट तीन जनालाई प्रहरी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले हार्दिक होटलमा शंकास्पद रूपमा बसिरहेका कालीकोट जिल्ला सान्नीत्रिवेणी गाउँपालिका–३ का ३० वर्षीय अर्जुन देवकोटा र जिल्ला बाँके नेपालगञ्ज उप–महानगरपालिका ११ बस्ने २४ वर्षीय फेरोज खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेका देवकोटा र खानबाट थप अनुसन्धान गर्दा बाँके नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने २३ वर्षीया शारदा सिंह ठकुरीलाई माया होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठकुरी बसेको कोठा र निजको समेत खानतलासी गर्दा उक्त कोठाबाट नापतौल गर्दा शुद्ध ११ ग्राम ८२० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धूलो पदार्थ फेला पारी बरामद गरी निजलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

देवकोटा र खानबाट चेकजाँच गर्दा निजहरूको साथबाट शुद्ध ८ ग्राम लागुऔषध ब्राउनसुगर जस्तो धूलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved