सांघाईमा ‘बेल्ट एन्ड रोड’ चलचित्र सप्ताह सुरु

नेपालभ्युज

सांघाईमा ‘बेल्ट एन्ड रोड’ चलचित्र सप्ताह सुरु

सांघाई। २५औं सांघाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको एक भागको रूपमा बेल्ट एन्ड रोड चलचित्र सप्ताह शनिबार पूर्वी चीनको सांघाई महानगरमा सुरु भएको छ।

यस वर्षको महोत्सवमा स्वदेश तथा विदेशका कुल २० वटा चलचित्र प्रदर्शन  हुनेछन्। तीमध्ये चिनियाँ फिल्म ‘अबसेन्स’ र हंगेरी फिल्म ‘सिक्स विक्स’सहित आठवटा चलचित्रले पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन्।

‘चलचित्र भनेको जीवन र सपनाको प्रदर्शन हो। मानिसहरू चलचित्रको माध्यमबाट गहिरो भावनाको आदान–प्रदानको चाहना राख्छन्,’ चिनियाँ अभिनेता लेई जियाइनले भने। उनी यस वर्षको बेल्ट एन्ड रोड चलचित्र महोत्सवको प्रवर्द्धन दूत पनि हुन्।

‘विश्वभरका चलचित्र निर्माताहरूले पनि ‘बेल्ट एन्ड रोड’को इतिहास, वर्तमान र भविष्यलाई प्रदर्शन गर्न सक्ने थप उत्कृष्ट कार्यहरू सिर्जना गर्ने आशा राख्छन्,’ लेईले भने।

यो वर्ष बेल्ट एन्ड रोड इनिसिएटिभको १०औँ वार्षिकोत्सवका साथै बेल्ट एन्ड रोड फिल्म फेस्टिभल एलायन्सको पाँचाैँ वार्षिकोत्सव मनाइँदै छ।

बेल्ट एन्ड रोड चलचित्र सप्ताह जुन १८ सम्म चल्नेछ। स्क्रिनिङ सत्रहरूका अतिरिक्त, शिखर सम्मेलन, अन्तर्क्रिया मञ्च र अन्य थुप्रै प्रतियोगिता यसमा समावेश हुनेछन्।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved