के गुलियो खाँदा युरिक एसिड बढ्छ ? 

नेपालभ्युज

के गुलियो खाँदा युरिक एसिड बढ्छ ? 

एजेन्सी । गुलियो सबैलाई मन पर्छ । गुलियो मिठो खानका लागि मानिस हरेक बहाना खोजिरहेका हुन्छन् । तर स्वास्थ्यका हिसाबले धेरै गुलियो खानु सही हुँदैन । विशेषगरी मधुमेहका रोगीहरुले गुलियो खानबाट बच्नुपर्छ ।

यसैक्रममा अर्को एउटा प्रश्न उठ्छ, गुलियो खाँदा के युरिक एसिड बढ्छ ? आज यस लेखमा हामी विशेषज्ञहरुको सहयोगमा यसबारेमा जान्ने प्रयास गर्नेछौं ।

खासगरी जुन खानामा धेरै मात्रामा प्यूरीन पाइन्छ, त्यसको सेवन गर्दा युरिक एसिड बढ्छ । प्यूरीन एक प्रकारको कम्पाउन्ड हो । यो टुक्रियो भने शरीरमा यूरिक एसिड बढ्छ । प्यूरीन प्राकृतिक रुपमै हाम्रो शरीरमा हुन्छ । साथै शाकाहारी तथा मांसहारी खानेकुराबाट पनि यो पाइन्छ ।

सरल भाषामा भन्नुपर्दा गुलियो खाँदा यूरिक एसिड बढ्दैन । तर केही खास प्रकारका आहारले तपाईंको शरीरमा यूरिक एसिड बढाउन अहम भूमिका निर्वाह गर्छन् । यस्ता खाना वा पेय पदार्थ कुनै प्रकारले गुलियो पनि हुन सक्छन् । तपाईंको जानकारीका लागि यूरिक एसिड बढ्नुलाई हाइपरयूरिसीमिया भनिन्छ । यूरिक एसिड बढ्नुका पछाडि फरक फरक कारणहरु जिम्मेवार हुन्छन् ।

विशेषज्ञका अनुसार कैयौं त्यस्ता खानाका परिकारहरु छन् जसमा हाई फ्रुक्टोज कर्न सिरप हुन्छन्, जसमा धेरै मात्रामा चिनी हुन्छ । यो एक किसिमको प्राकृतिक चिनी हो जो विभिन्न फल तथा जुसमा पाइन्छ । फ्रुक्टोजलाई लिवरमा मेटाबोलाइज गरिन्छ, जहाँ यूरिक एसिडको उत्पादन बढ्छ । यदी तपाईं जानी नजानी धेरै मात्रामा फ्रुक्टोजको सेवन गर्नुहुन्छ भने यसलाई तपाईंको रगतमा यूरिक एसिडको स्तर पनि बढ्न सक्छ ।

त्यस्तै गुलियो खानेकुराको अत्यधिक सेवन गर्नाले तौल बढ्छ । मोटोपन वा अत्यधिक तौल बढ्नाले हाइपरयूरिसीमिया र गाउट जो अर्थराइटिसको एक प्रकार हो यसको खतरा बढ्छ । यसबाहेक शरीरमा अतिरिक्त बोसोले इन्सुलिन प्रतिरोधलाई बढावा दिन्छ जसले गर्दा यूरिक एसिडको स्तर बढ्छ ।

त्यसैले यूरिक एसिडलाई सन्तुलित गर्नका लागि गुलियो खानेकुराहरु कम सेवन गर्नुपर्दछ । साथमा हरियो तरकारी तथा फलफूलहरु खाँदा फाइदा हुन्छ । तौललाई नियन्त्रित राख्ने र खानपानमा ध्यान दिइयो भने यूरिक एसिड बढ्ने सम्भावना हुँदैन । पर्याप्त मात्रामा पानी पिउँदा पनि यूरिक एसिडलाई पातलो गराउने र यसलाई शरीरबाट बाहिर निकाल्न सहयोग पुग्छ । त्यसैले शरीरलाई सधैं हाइड्रेट  राख्नुहोस् र प्रसस्त मात्रामा पानी पिउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved