हामी यथास्थितिवादी शक्ति होइनौँ, आफू बदलिने र समाज बदल्ने सामर्थ्य राख्छौँ: अध्यक्ष भट्टराई

नेपालभ्युज

हामी यथास्थितिवादी शक्ति होइनौँ, आफू बदलिने र समाज बदल्ने सामर्थ्य राख्छौँ: अध्यक्ष भट्टराई

काठमाडौं।  नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरू यथास्थितिवादी शक्ति नभएको बताएका छन्। बिहीबारबाट काठमाडौंमा सुरू भएको नेसपाको तेस्रो पूर्ण बैठकमा आफू बदलिने र समाज बदल्ने सामर्थ्य राख्ने बताए।

‘‘सचेत हुँदै अगाडि आफू बदलिने र समाज बदल्ने सामर्थ्य राख्दछौँ। हामी यही दिशामा लामबद्ध भएका छौँ’’ उनले भने।

छिमेकी देशहरू भारत र चीनले धेरै प्रगति गरिसके पनि नेपालमा भने संविधान बनेको ८ वर्ष पुग्दा पनि आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित सबैबाट बनेको अपनत्व हुन नसकेको उनले बताए।

“भारत र चीनले यत्ति प्रगति गरिसके। हामी बीचमा चेपिएका छौँ। संविधान बनेको ८ वर्ष भयो तर, समस्या त्यही छ। आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित सबैबाट बनेको हाम्रो समाज छ। तर, सबैको अपनत्व छैन। संविधानपछि ७ वटा प्रदेश बन्यो। फेरि पनि उहीँ गण्डकी, कर्णाली नै बन्यो। हाम्रो पार्टी फरक खालको पार्टी हो। अब हरेक समस्यामा नेसपा हुनुपर्छ भनेर हामी अगाडि बढ्नेछाेँ’’ अध्यक्ष भट्टराईले भने।

‘देशमा नयाँ समाजवादी विकल्प निर्माण गरौं’- नेसपा अध्यक्ष भट्टराई (राजनीतिक प्रतिवेदनसहित)

बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको सङ्कल्प : नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेस गरेका छन्। बैठक बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चल्नेछ। बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved