माइतीघरमा आन्दोलनरतलाई गृहमन्त्रीको आश्वासन : सिंहदरबार आउनोस् समस्य समाधान गर्छौं

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेकाहरूलाई छलफलका लागि सिंहदरबारमा आउन भनेका छन् ।

नेपालभ्युज

माइतीघरमा आन्दोलनरतलाई गृहमन्त्रीको आश्वासन : सिंहदरबार आउनोस् समस्य समाधान गर्छौं

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेकाहरूलाई छलफलका लागि सिंहदरबारमा आउन भनेका छन् ।

बुधबार माइतीघरको धर्नास्थलमा पुगेर मन्त्री श्रेष्ठले आन्दोलनरत पक्षले राखेका विषयहरूमा सरकार सकारात्मक रहेको भन्दै छलफलमा बसेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् । उनले सिर्सिया नदीलाई स्वच्छ राख्नुपर्ने विषयलाई सम्बोधन गर्न तत्कालीन र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताए ।

उनले सिर्सियाबासीको समस्या राज्यको पनि समस्या भएकाले सरोकारवाला मन्त्रालयहरूसँग पनि छलफल गरिने प्रतिबद्धता जनाए ।

कलकारखानाबाट निस्किएको फोहर सीधै मिसाइँदै नदीमा प्रदूषण बढेको भन्दै सिर्सियाबासीले काठमाडौंमा धर्ना दिँदै आएका छन् । उनीहरूले सिर्सिया नदीको पानी भरिएको बोतल गृहमन्त्रीलाई देखाएका छन् ।

गृहमन्त्री श्रेष्ठले माइतीघरमा सहकारी पीडितको आन्दोलनमा समेत पुगेर यस विषयको समाधान खोज्ने प्रतिबद्धता जनाए । उनले सहकारीका बचतकर्तामाथि न्याय हुने गरी सरकारले उपयुक्त कदम चाल्ने आश्वासन दिए ।

मन्त्री श्रेष्ठले सहकारीका बचतकर्ताहरूको समस्याका बारेमा सरकार जानकार रहेको र समाधानका लागि समिति गठन गरिसकेको भन्दै पीडितको समस्या समाधान हुने जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved