‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाईजलाई

नेपालभ्युज

‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाईजलाई

काठमाडौं। चर्च ब्वाईज युनाईटेडले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मङ्गलबार भएको खेलमा चर्च र थ्री स्टार क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएसँगै चर्चले उपाधि जितेको हो।

उपाधिको लागि केवल १ अंकको आवश्यकता भएको चर्चले खेल बराबरी भएसँगै १ खेलअगावै उपाधि जितेको हो। चर्चले ‘ए’ डिभिजनमा बढ्वा भएपश्चात्‌को पहिलो लिगमा नै उपाधि जितेको हो।

प्रशिक्षकका रूपमा बालगोपाल महर्जनको यो पहिलो ए डिभिजन लिगको उपाधि पनि हो। चर्चले २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भयो। २४ खेलबाट मच्छिन्द्र ३९ अंकसहित दोस्रो स्थानमा छ। २५ खेलबाट २८ अंक जोडेको थ्री स्टार१२औं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved