निर्वाचन आयोगले राजनीतिक दलहरूका सम्पत्ति विवरण जाँचबुझ गर्ने

नेपालभ्युज

निर्वाचन आयोगले राजनीतिक दलहरूका सम्पत्ति विवरण जाँचबुझ गर्ने

काठमाडौं। निर्वाचन आयोगले सबै राजनीतिक दलहरूको सम्पत्ति विवरण जाँचबुझ गर्ने भएको छ । आयोग स्रोतका अनुसार दलहरूले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा कतिपय विवरणसमेत मिलेको छैन । आयोगले दलहरूकै प्रतिवेदनमा शङ्का लागेपछि महालेखा परीक्षकको कार्यालयलाई पत्र लेखेर कर्मचारी मागेको थियो । त्यसपछि दलहरूको आय-व्यय विवरणबारे छानबिन थालिएको स्रोतको भनाइ छ ।

महालेखाबाट आयोगले पाँच जना कर्मचारी पठाउन आग्रह गरेको थियो । आयोगको पत्रअनुसार नै महालेखाले द्वितीय श्रैणीका एकजना र तृतीय श्रेणी र प्रथम श्रेणीका २/२ जना कर्मचारी खटाएपछि छानिबन सुरू भएको हो ।

महालेखाका कर्मचारीले दलको आय-व्यय विववरणको जाँचबुझ गरी आयोगमा प्रतिवेदन बुझाउने र त्यसैको आधारमा अगाडिको कारबाही अघि बढाइने आयोग स्रोतको भनाइ छ । आयोगमा हालसम्म ८२ दलले लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन बुझाएका सबै दलको प्रतिवेदनमा छानबिन गर्ने तयारी आयोगले गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४२ को उपदफा (१) मा लेखा परीक्षण प्राप्त भएपछि आयोगले त्यससम्बन्धी तोकिएबमोजिम जाँच गर्न पाउने व्यवस्था गरिएको छ । आयोगले वैशाख २६ गते सबै राजनीतिक दललाई ७ दिनभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरी जानकारी गराउन पत्र पठाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved