भारतमा रेल दुर्घटना, २ सयभन्दा बढीको मृत्यु

नेपालभ्युज

भारतमा रेल दुर्घटना, २ सयभन्दा बढीको मृत्यु

काठमाडौं । भारतको ओडिशा राज्यस्थित बालासोर जिल्लामा रेल दुर्घटना भएको छ । दुर्घटनामा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूकाअनुसार चेन्नईबाट हावडातर्फ गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किँदा भयानक दुर्घटना भएको हो ।

दुर्घटनामा २०९ जनाको मृत्यु हँदा १ दर्जनभन्दा बढी सख्त घाइते भएका छन् । उद्धारको कार्यलाई तीव्र बनाइएको अधिकारीहरूले बताएका छन् । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।

दुर्घटनापछि भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् ।

यस्तै भातर भ्रमणकै क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved