कर्णालीमा सबैभन्दा बढी रोजगारी कृषि, वन र माछापालनमा

कर्णालीमा सबैभन्दा बढी रोजगारी कृषि, वन र माछापालनमा

सुर्खेत। कर्णालीमा सबैभन्दा बढी रोजगारी कृषि, वन र माछापालनमा क्षेत्रमा देखिएको छ । जनगणना २०७८ अनुसार कर्णालीमा सबैभन्दा बढी रोजगारी कृषि, वन र माछापालनमा बढीले रोजगारी गरेको देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क विभागका अनुसार जनगणना २०७८ मा १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक काममा नेपालमा पेशागत वर्गीकरण अनुसार गरेको र कर्णालीमा नौ लाख २६ हजार तीन सय ४० जनामध्ये ४९.२ प्रतिशत पुरुष र ५०.८ प्रतिशत महिला रहेको जनाएको छ ।

३० प्रतिशत जनसंख्या आर्थिक गतिविधिमा संलग्न नै छैनन्

ती आर्थिक काम गरेको मध्ये कर्णालीमा सबैभन्दा बढी रोजगारी कृषि, वन र माछापालनमा क्षेत्रमा ६९.८ प्रतिशत रहेको, सामान्य प्राथमिक काममा १४.१ प्रतिशत, वस्तु बिक्री वितरण गर्नेमा ३.४ प्रतिशत, व्यवस्थापकहरू ३.२ प्रतिशत, शिल्पकला कालीगढसम्बन्धी व्यापार गर्ने ३.० प्रतिशत, पेशाविद् २.९ प्रतिशत, प्राविधिक तथा सहायक पेशाविद् १.१ प्रतिशत, यन्त्र प्रचालक तथा जडान गर्ने कामदार १.० प्रतिशत, सशस्त्र, सैनिक अधिकारी ०.८ प्रतिशत र कार्यालय सहायक ०.७ प्रतिशत रहेको तथ्याङ्क विभागको कार्यालयले जनाएको छ ।
३० प्रतिशत जनसंख्या आर्थिक गतिविधिमा संलग्न नै छैनन्।

विभागले निकालेको प्रतिवेदनअनुसार अनुसार कर्णालीका १३ लाख ३७ हजार आठ सय ९५ जनामध्ये नौ लाख २६ हजार ३४० जनाले गणना भएको १२ महनिा अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेको जनाएको छ । त्यसमध्ये ४२.५ प्रतिशतले छ महिना वा सोभन्दा बढी समय काम गरेको, २६.७ प्रतिशतले ६ महिनाभन्दा कम काम गरेको र ३०.८ प्रतिशतले कुनै पनि आर्थिक रूपले काम नगरेको जनाएको छ ।

आफ्नै काम गर्ने बढी

विभागका अनुसार कर्णालीमा आर्थिक हिसाबले आफ्नै काम जनसंख्या बढी रहेको छ । आफ्नै काम गर्नेमा ६५.६ प्रतिशत, अरुको काम गर्नेमा १५.२ प्रतिशत, परिवारलाई सघाउने मात्र १८.१ प्रतिशत, रोजगारदाता १.० प्रतिशत र उल्लेख नभएको ०.१ प्रतिशत रहेको जनाएको छ ।

घरायसी काम गर्ने बढी

२०७८ सालको गरिएको आर्थिक सर्वेक्षणअनुसार कर्णालीमा घरयासी काम गर्ने बढी रहेको तथ्याङ्क विभागले जनाएको छ । आर्थिक कामको संस्थागत क्षेत्रको विवरण अनुसार सबैभन्दा बढी घरायसी कमका ७६.९ प्रतिशत, गैर वित्तीय संस्थामा काम गर्ने १७.६ प्रतिशत, सरकारी क्षेत्रमा काम गर्ने ४.७ प्रतिशत, वित्तीय संस्थामा काम गर्ने ०.५ प्रतिशत, नाफा नकमाउने संस्थामा काम गर्ने ०.३ प्रतिशत र उल्लेख नभएको क्षेत्रमा काम गर्ने ०.१ प्रतिशत रहेका छन् ।

के हो आर्थिक रूपले काम नगर्नुको कारण ?

कर्णाली प्रदेशमा १० वर्ष वा सोभन्दा बढी उमेरका कुनै पनि आम्दानी नहुने क्षेत्रमा काम नगर्नुका कारण पनि खुलाइएको छ । सबैभन्दा बढी ६३.२ विद्यार्थी भएका कारणले आर्थिक काम नगरेको देखिएको विभागले जनाएको छ । त्यस्तै, घरधन्दा १२.१ प्रतिशत, वृद्ध अवस्थाका ११.३ प्रतिशत, पारिवारिक हेरचाह ३.८ प्रतिशत, असक्त र बिरामी २.८ प्रतिशत, पेन्सन १.३ प्रतिशत, सामाजिक कार्य ०.२ प्रतिशत र अन्यमा ४.६ प्रतिशतले काम नगरेको विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved