भुलेर पनि नखानुस् बासी खाना, यस्तो गर्छ नोक्सान

नेपालभ्युज

भुलेर पनि नखानुस् बासी खाना, यस्तो गर्छ नोक्सान

एजेन्सी। प्रायः मानिसहरू खाना बचेको अवस्थामा वा खाना पकाउन अल्छि गरेर बासी खाना खाने गर्दछन् । तर, यस्ता बासी खाना स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छन् ।

फुड प्वाइजनिंगबाट बच्नका लागि बासी खानबाट बच्नुपर्छ । गर्मीमा बासी खानामा ब्याक्टेरिया जन्मिने खतरा हुन्छ ।

त्यस्तै, आयुर्वेदका अनुसार खाना बनेको दुई घण्टाभित्र नै त्यसको सेवन गर्नुपर्ने हुन्छ । खाना जब बासी हुँदै जान्छ यसमा पाइने पोषक तत्वहरू पनि कम हुँदै जान्छ । बासी खाना ज्वरोको कारण पनि बन्न सक्छ । बासी खानामा ब्याक्टेरियाहरू आउने भएकाले इन्फेक्सनको खतरा हुन्छ जसको लक्षणस्वरूप ज्वरो आउने पनि हुन सक्छ । गर्मीमा बासी खाना खाँदा वान्ता वा पखालाजस्ता समस्याहरूसमेत देखिन सक्छ ।

आफ्नो पाचन शक्तिलाई राम्रो बनाइराख्न चाहनुहुन्छ भने बासी खानबाट बच्नुहोस् । बासी खानाले पाचन प्रक्रियालाई पनि नराम्रो असर गर्दछ । जसले गर्दा पेट दुख्ने समस्या हुन सक्छ ।
विशेषगरी, गर्मी मौसममा ताजा खाना नै पाचनका लागि राम्रो मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved