बच्चा जन्मिएपछि महिलामा हुने कम्मरको दुखाई कम गर्ने योगासन

नेपालभ्युज

बच्चा जन्मिएपछि महिलामा हुने कम्मरको दुखाई कम गर्ने योगासन

एजेन्सी । बच्चा जन्माएपछि धेरै महिलामा कम्मरको दुखाई हुने गर्छ । यदि तपाईंले पनि पोस्टपार्टम अर्थात बच्चा जन्मिएपछि हुने कम्मरको दुखाईबाट राहत पाउन चाहनुहुन्छ भने केही योगासन गर्न सक्नुहुन्छ ।

योगले शरीरलाई एकदमै धेरै फाइदा गर्दछ । यसको नियमित अभ्यासले शारीरिक तथा मानसिक दुवै स्वास्थ्यमा राम्रो प्रभाव पार्छ ।

शरीरका हरेक साना ठूला समस्याका लागि योग गर्न सक्नुहुन्छ । हरेक समस्या तथा स्वास्थ्य स्थितिका लागि फरक फरक खालका योग हुन्छन् ।

अनुलोम विलोम

महिलाले बच्चालाई जन्म दिएपछि हुने कम्मरको दुखाईका लागि अनुलोमविलोम गर्न सक्छन् । यसले दिमागलाई शान्त राख्न सहयोग गर्छ । यसले कम्मरको दुखाईसँगै स्वासप्रस्वासको समस्याबाट पनि बच्न सकिन्छ ।

भुजंगासन

यो आसनलाई कोब्रा पोज पनि भनिन्छ । यो योगले तपाईंलाई कम्मरको दुखाईमा एकदमै आराम दिन्छ । यो आसन गर्दा शरीरको मुद्रालाई फन फैलाएको सर्पको जस्तो बनाउनुपर्दछ ।

हनुमानासन

बच्चा जन्मिएपछि तपाईं कम्मर तथा डाढ दुख्ने समस्याले ग्रस्त हुनुहुन्छ भने हनुमानासन गर्न सक्नुहुन्छ । यो योगासनले डाढ, कम्मर तथा खुट्टालाई स्ट्रेच गर्दछ । साथमा यसले मेरुदण्डलाई पनि फाइदा गर्दछ ।

बालासन

बालासन गर्दा पनि शरीरमा धेरै फाइदा हुन्छ । यसले शरीरको सबै दुखाई कम गर्छ । धेरै समस्याबाट राहत दिन यो आसन एकदमै प्रभावकारी हुन्छ ।

मलासन

मलासन गर्नाले पनि पीठ, पेट तथा कम्मरलाई फाइदा हुन्छ । बच्चालाई जन्म दिएपछि कम्मरको दुखाईले ग्रस्त हुनुहुन्छ भने तपाईंले नियमित मलासनको अभ्यास गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved