नेपालको पीरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ : पूर्वराजा ज्ञानेन्द्र

नेपालको पीरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ : पूर्वराजा ज्ञानेन्द्र

सुर्खेत। नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालको पीरमर्का नेपाली नेपाली मनले मात्र गर्ने सक्ने बताएका हुन् ।

सुर्खेतमा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले नेपालको पीरमर्का बुझ्न नेपाली मनले मात्र बताएका हुन् ।

‘हामी भन्छौं, मिलौं । हामी सबै मिलौं, जुटौं । हामी सबै एक भएर जुटौं । त्यसैले हामी भन्दछौं, हामी नफुटौं ।’ शाहले भने,‘परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं । त्यसैले फेरि पनि भन्छौं, जुटौं, खटौं र डटौं ।’

शाहले नेपालमा अहिले विकास नभएर देशमा कुरा धेरै भएको बताए । ‘अहिले जे सुकै वादका कुरा गरे पनि देशको विकास भएको छैन् ।’ उनले भने,‘कुरा मात्र धेरै भएको छ ।’
आफ्नो पहिचान हाम्रो शान भएको शाहले बताए । ‘आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो ।’ उनले भने,‘कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो ।’

हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै-यस्तै आजाव सुन्ने गरेको शाहले बताए । ‘त्यसैले, अब कसरी जाने ?, के कस्तो विधि व्यवस्था अंगाल्ने ? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने ? अब सोचौं ।’ उनले भने, ‘त्यसैले फेरि पनि भन्छौं, जुटौं, खटौं र डटौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved