सत्तापक्षले संसद चलाउन चाहेन : महेश बर्तौला

नेपालभ्युज

सत्तापक्षले संसद चलाउन  चाहेन : महेश बर्तौला
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको बताएका छन् । शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताएका  हुन्  ।

उनले राज्यको सम्पती कति छ भन्ने कुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पती कहाँ कति छ भन्ने कुरा बताउन नसकेको बताए । आफूहरुले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मेवार नभएको उनको भनाई छ ।

‘यो अवरोध सरकारले गरेको हो । सरकारलाई सोध्नुहोस् । हामीले मुद्दा उठायौँ । सरकारले के थाहा पाउनुपर्छ भने यो देशमा राज्यको सम्पती कति छ ? सरकार सबै बेखबर । किनकी यो सरकार आफैँ चलिराखेको छैन । यो सरकार परनिर्भर छ यहीँबाट देखिन्छ, उनले भने, ‘आफ्नो देशको सम्पती कहाँ कति छ भन्ने कुरा बताउन सक्दैन ? यति बताउन सामथ्र्य नरहने सरकार यो सदन चलाउने कुरामा जिम्मेवार नै छैन ।’

‘सरकार सदनप्रति जिम्मेवार छैन । आजको संसदको प्रक्रिया सरकारले अवरुद्ध गर्‍यो । हामीले विषय उठाएका कुरामा सम्बोधन गर्न तयार भएन । हामी फेरिपनि आग्रह गर्न चाहन्छौँ संसद छिटोभन्दा छिटो चल्ने अवस्था निर्माण होस् । हामीले उठाएको विषय देशलाई भन्दिओस्’ उनले अगाडी भने, ‘जसरी सत्तापक्षको एउटा सांसदमार्फत देश, दुनियाँलाई भ्रममा राखिएको छ । त्यो कुरा के हो सरकारले भन्दिओस् । प्रष्ट पार्दिओस् आजै । त्यसपछि संसदीय प्रक्रिया अगाडी बढ्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved