शरणार्थी प्रकरणबारे तथ्य राख्ने बताएको थिएँ, सहभागी हुन सकिनँ : ओली

नेपालभ्युज

शरणार्थी प्रकरणबारे तथ्य राख्ने बताएको थिएँ, सहभागी हुन सकिनँ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य अवस्था राम्रो नभएका कारणमा आजको संसद बैठकमा उपस्थित हुन नसकेको बताएका छन्।

अध्यक्ष ओलीले स्वास्थ्य अवस्था राम्रो नभएका कारण बिहिबारको संसद बैठकमा उपस्थित हुन नसकेको  सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ। नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद्समक्ष राख्ने मैले यसअघि बताएको थिएँ’ उनले लेखेका छन्, ‘स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved