यस वर्ष ‘किम्फ’ फिल्म फेस्टिभल नहुने

नेपालभ्युज

यस वर्ष ‘किम्फ’ फिल्म फेस्टिभल नहुने

काठमाडौं। यस वर्ष काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)  नहुने भएको छ । किम्फले आधिकारिक वेबसाइटमार्फत सन् २०२३ को संस्करण रोकिएको र अब सन् २०२४ को संस्करण आयोजना हुने जानकारी गराएको हो ।

संस्था र फेस्टिभललाई नयाँ ढाँचामा लैजानुपर्ने किम्फले जनाएको छ ।  फेस्टिभल रोकिए पनि कार्यशाला, प्रशिक्षण, डकल्याब स्क्रिनिङजस्ता गतिविधि भने निरन्तर हुने बताइएको छ ।

सन् २००० देखि आयोजना हुँदै आएको ‘किम्फ’ कोरोना महामारीले समेत यसअघि प्रभावित भएको थियो ।

किम्फ दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल हो । यो फेस्टिभल अन्तर्राष्ट्रिय पर्वतीय फेस्टिभलहरूको छाता संस्थाको सदस्य समेत हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved