छोराको कसम खाँदै आरजुको प्रस्टीकरण- ‘शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन’

‘‘म कागज खाने, घाँस खाने मान्छे होइन । भुटानी शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन । अडियो फेक हो । मञ्जुका बारेमा मलाई थाहा छैन । म उसको जिम्मेवारी लिन सक्दिनँ । ऊ मसँगै २४ सै घण्टा हिँड्ने मान्छे हो र ?’, उनले प्रतिप्रश्न गरेकी छन् ।

नेपालभ्युज

छोराको कसम खाँदै आरजुको प्रस्टीकरण- ‘शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन’

काठमाडौं। पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहेकी सांसद आरजु राणाले मञ्जु खाणको जिम्मा आफूले लिन नसक्ने बताएकी छिन्। हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिँदै मञ्जु आरजुले पूर्व गृहमन्त्री खाणकी पत्नी मञ्जुको संलग्नताबारे आफूसँग कुनै सम्बन्ध नरहेको बताइन्।

उनले अन्तरवार्तामा बालकृष्णले प्रहरीको हातबाट खोसेर प्रमाणको कागज खाएको विषयमा टिप्पणी मात्र गरेकी छैनन्, मञ्जुको जिम्मा लिन नसक्ने पनि प्रस्ट पारेकी हुन्।

‘‘म कागज खाने, घाँस खाने मान्छे होइन । भुटानी शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन । अडियो फेक हो । मञ्जुका बारेमा मलाई थाहा छैन । म उसको जिम्मेवारी लिन सक्दिनँ । ऊ मसँगै २४ सै घण्टा हिँड्ने मान्छे हो र ?’’, उनले प्रतिप्रश्न गरेकी छन् ।

आरजुले छोरा जयवीरको कसम खाँदै भनिन्, ‘‘ मेरो आत्मा होइन मेरो छोरो जयवीरकै कसम खाएर म भन्छु भुटानी शरणार्थी प्रकरणमा एक पैसा खा छैन।’’

आरजु राणा दिल्लीहुँदै सिंगापुर भागेकी हुन् ? खाण पक्राउपछि किन बेचैन थिइन्

यस घटनामा सबै दोषी कारबाहीको दायरामा आउनुपर्ने उनले बताइन्।

नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएकी’ आरजुको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। केहीदिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणको समेत नाम जोडिएको एक अडिओ सार्वजनिक भएको थियो।

तत्कालीन गृहमन्त्री खाण थुनामा छन् भने पत्नी मञ्जु सार्वजनिक सम्पर्कबाहिर छिन्। प्रतिनिधिसभाकी सदस्यसमेत रहेकी उनले गत बुधबार सदनको शून्य समयमा बोल्न नाम पनि लेखाएपछि पति पक्राउ परेपछि संसद् गइनन्। अर्को दिनदेखि उनको मोबाइल बन्द (स्विच अफ) छ । फेसबुक ‘डिएक्टिभ’ गरिएको छ । भाइबर, ह्वाट्स एपमा पनि उनी छैनन् ।

सम्बन्धित समाचार-

बालकृष्ण खाण पक्राउपछि कहाँ गए आरजु देउवा र मन्जु खाण ?

‘जे सोध्नु छ, यहीँ सोध्नु’ भन्दै प्रहरीलाई थर्काएपछि खाणलाई पुर्जी थमाएर पक्राउ गरियो

संगठित अपराधमा ठूला नेता पक्रन सुरू, कानुनी छिद्रबाट उम्काउने दुस्साहसमा नेतृत्वको साँठगाँठ !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved