एमालेको खण्डन : संघीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल भएको छैन

नेपालभ्युज

एमालेको खण्डन : संघीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल भएको छैन

काठमाडौं । नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको दाबी गरेको छ ।

शनिबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताए ।

बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताएको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन समेत दिएका थिए । उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरहरुलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको पनि बताएका थिए ।

यसअघि एमाले बैठकमा दुई केन्द्रीय सदस्यले संघीयता खारेजीको प्रस्ताव गरेको विषय बाहिरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved