चक्कु प्रहारबाट एक युवकको मृत्युपछि धादिङको गल्छीमा तनाव

नेपालभ्युज

चक्कु प्रहारबाट एक युवकको मृत्युपछि धादिङको गल्छीमा तनाव

धादिङ । धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएपछि धादिङको गल्छी क्षेत्रमा तनाव उत्पन्न भएको छ । चक्कु प्रहारबाट गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको मृत्यु भएको थियो ।

थापाको हत्या भएको भन्दै स्थानीयबासिन्दाले गल्छी नुवाकोट त्रिशुली सडक खण्ड अवरुद्ध गरेका छन् ।

होटलमा बुधबार राति सामान्य विवादका क्रममा चक्कु प्रहार हुँदा घाइते भएका मगरको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ । ग्राहकको रुपमा होटल गएका विनोद र होटल सञ्चालकबीच विवाद भएको थियो ।

त्यही क्रममा चक्कु प्रहार भएपछि उनी घाइते भएका थिए । प्रहरीले होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले होटल सञ्चालकको गाडी पनि जलाएका छन् ।

होटलमा खाना खान आएका ४ जनालाई पनि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved