‘ए’ डिभिजन लिग : एपीएफले आर्मीलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : एपीएफले आर्मीलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा एपीएफले आर्मीलाई ३–० को गोलअन्तरले पराजित गरेको हो।

एपीएफका लागि अर्मान्ड बियोडोम, आवास लामिछाने र नवीन लामाले गोल गरे। खेलको ४०औँ मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। ५५औँ मिनेटमा आवासले एपीएफका लागि दोस्रो गोल गरे। ६१औँ मिनेटमा नवीनले एपीएफको लागि तेस्रो गोल गरे।

यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको हो।

चर्चको लागि अञ्जन विष्ट र प्रदीप भण्डारीले गोल गरे। मछिन्द्रको लागि ओमालाजा करिमले गोल गरे।

खेलको ४०औँ मिनेटमा अञ्जनले गोल गर्दै चर्चलाई अग्रता दिलाए। ६६औँ मिनेटमा मछिन्द्रका लागि करिमले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए।

७१औँ मिनेटमा प्रदीपले चर्चका लागि दोस्रो गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved