यस्तो व्यक्तिले दुध पिउनु हानिकारक हुन्छ

नेपालभ्युज

यस्तो व्यक्तिले दुध पिउनु हानिकारक हुन्छ

एजेन्सी । दुध पिउनु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । तर कतिपय व्यक्तिका लागि दुध हानिकारक पनि हुन सक्छ ।

जसलाई पहिले नै केही समस्याहरु छन् जसलाई दुध पिउँदा फाइदा नगर्न सक्छ । जानौं ति कस्ता व्यक्तिहरु छन् जसलाई दुध पिउँदा नोक्सान हुन्छ ।

छाला सम्बन्धी कुनै समस्या भइरहेको छ भने दुध सेवन नगर्नु राम्रो हुन्छ । विविरा तथा डन्डीफोरहरु आउने समस्या भएकाले दुध पिउँदा समस्या झनै बढ्ने देखिन्छ ।

त्यस्तै अर्को समस्या रहेको छ पाचन सम्बन्धी । पाचनसँग जोडिएको समस्या भएका व्यक्तिका लागि पनि दुध हानिकारक हुन सक्छ । दुधमा ल्याक्टोजको मात्रा धेरै हुन्छ जसले पेटको समस्यालाई झनै बढाउन सक्छ ।

कलेजोमा समस्या भएका व्यक्तिका लागि पनि दुध पिउनु नोक्सानदायक हुन सक्छ । फ्याटी लिवर वा लिवर सुन्निने जस्ता समस्या भएको बेला दुध पिउनु हुँदैन । यस्तो अवस्थामा दुध पिउँदा समस्या झनै बढ्ने सम्भावना हुन्छ ।

मोटोपनले ग्रस्त व्यक्तिहरु  पनि दुध पिउनबाट बच्नु पर्दछ । मोटोपनले ग्रस्त व्यक्तिले फ्याट नभएको दुध पिउन सकिन्छ ।

त्यस्तै कतिपयलाई दुध तथा दुधजन्य पदार्थबाट एलर्जी पनि हुने गर्दछ । त्यस्तो व्यक्तिले पनि दुध पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । त्यस्तो व्यक्तिलाई पेटमा अपच, ग्यास तथा पेट फुल्लिने समस्या देखिन सक्छ । साथै छालामा विभिन्न प्रकारको एलर्जीहरु निस्कन पनि सक्छ । त्यसैले यस्ता व्यक्तिहरु दुध पिउनबाट बचेकै राम्रो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved