आफ्नै दिदीको हत्या गरेको आरोपमा दोलखामा एक युवक पक्राउ

नेपालभ्युज

आफ्नै दिदीको हत्या गरेको आरोपमा दोलखामा एक युवक पक्राउ

काठमाडौं। दोलखामा आफ्नै दिदी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मेलुङ गाउँपालिका-१ पवटीका २३ वर्षका रामभरत भुजेल आफ्नै दिदी कल्पनाको हत्या आरोपमा पक्राउ परेका हुन् ।

३२ वर्षकी कल्पना भुजेल श्रेष्ठ एक वर्षदेखि माइतीमा बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार भाइ रामभरतले उत्तिसको दाउराले टाउकोमा प्रहार गर्दा कल्पनाको मृत्यु भएको हो ।

शुक्रबार साँझ पक्राउ परेका रामभरतमाथि ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved