‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाले नेपाल पुलिसलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाले नेपाल पुलिसलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

हिमालयन शेर्पाको लागि अबायोमी फकुन्ले र अमृत श्रेष्ठले गोल गरे। नेपाल पुलिसको लागि सौजन राईले गोल फर्काए।

खेलको १४ औँ मिनेटमा फकुन्लेले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए। ३० औँ मिनेटमा नेपाल पुलिसका सौजनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए। ५१ औँ मिनेटमा अमृतले हिमालयन शेर्पाको लागि दोस्रो गोल गरे।

यस्तै, अर्को खेलमा एफसी खुमलटारले जावलाखेल युथ क्लबलाई पराजित गर्‍यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एफसी खुमलटारले शीर्ष स्थानमा भएको खुमल्टारलाई ४–२ गोलअन्तरले पराजित गरेको हो।

खुमलटारको लागि स्टेफन समि र मेसुके ओलुुमोउले गोल गरे। जावलाखेलका विनोद केसीले १ गोल फर्काए। खुमलटारका रोहित सुब्बाले आत्मघाती गोल गरेसँगै जावलाखेललाई फाइदा भयो।

खेलको २० औँ मिनेटमा स्टेफनले गोल गरेसँगै खुमलटारले अग्रता लियो। ४२ औँ मिनेटमा खुमलटारका राहितको आत्मघाती गोल गरेसँगै खेल १–१ को बराबरीमा पुग्यो।

पहिलो हाफको इन्ज्यूरी समयमा स्टेफनले खुमलटारको लागि दोस्रो गोल गरे। ५१ औँ मिनेटमा स्टेफनले खुमलटारको लागि तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक गोल पुरा गरे।

इन्ज्यूरी समयको तेस्रो मिनेटमा विनोदले जावलाखेलका लागि दोस्रो गोल गरे। इन्ज्यूरी समयको पाँचौँ मिनेटमा खुमलटारको लागि मेसुकेले चौथो गोल गरे।

यससँगै खुमलटारले १५ खेलबाट १७ अंक जोडेको छ। ।जावलाखेलले भने १५ खेलबाट २४ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved