गर्मीमा जौं को सातुका फाइदै फाइदा

नेपालभ्युज

गर्मीमा जौं को सातुका फाइदै फाइदा

एजेन्सी । जौं को सेवन गर्मी मौसममा एकदमै फाइदाजनक हुन्छ । यसले शरीरलाई शीतल बनाउने गर्दछ । जौं पोषक तत्वहरुले भरपूर अनाज हो । यसमा कैयौं भिटामिन तथा मिनरल्सहरु प्रचुर मात्रामा पाइन्छन् ।

जौं भिटामिन बी कम्प्लेक्स, क्याल्सियम, आइरन, म्याग्नेशियम र जिंक आदि जस्ता पोषक तत्वहरुको स्रोत हो । साथै यसमा औषधीय गुणहरु पनि पाइन्छन् । जौं को सातुको सेवन गर्दा शरीरलाई धेरै प्रकारका फाइदाहरु प्राप्त हुन्छन् ।

  •  शरीरलाई ऊर्जा प्रदान गर्दछ ।
  •  पाचन प्रक्रियालाई राम्रो बनाउँछ ।
  • गर्मीमा शरीरलाई सितलता प्रदान गर्दछ ।
  •  रगतमा सुगर, प्रेसर तथा कोलेस्ट्रोललाई नियन्त्रण गर्दछ ।
  •  हृदय स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।
  •  यसले मृगौलालाई पनि स्वस्थ राख्ने गर्दछ ।
  •  शरीरबाट टाक्सिन्सहरुलाई बाहिर निकाल्ने काम गर्छ ।
  •  तौल कम गर्नका लागि सहयोगी छ ।
  • छाला तथा कपाल पनि स्वस्थ राख्ने काम गर्छ ।

जौंको सातु बनाउने तरिका

यसलाई बनाउनका लागि पहिला एक किलो जौं लिनुहोस् । यसलाई राम्रोसँग पानीले धुनुहोस् । त्यसपछि करीब ५–६ घण्टा यसलाई पानीमा भिजाएर राख्ने । त्यसलाई पानीलाई छानेर राम्रो सफा कपडामा सुकाउने । जब यसको पानी सुक्छ यसलाई सानो आगोमा राम्रोसँग भुट्ने । यसलाई भुटिसकेपछि चिसो हुनका लागि छोड्ने ।

जब पूर्ण रुपमा चिसो हुन्छ त्यसपछि त्यसलाई मिक्सर ग्राइन्डरमा राखेर पिसेर पाउडर बनाउने । यदी धेरै मात्रामा बनाउनुहुन्छ भने यसलाई घर नजिकको मिलमा लगेर पनि पिस्न सकिन्छ । अब उक्त पिसेको जौंलाई हावा नछिर्ने गरी एउटा भाँडोमा छानेर राख्ने । यो खानका लागि तयार भइसकेको छ ।

जौं को सातुको शरबत बनाउने तरिका

जौं को सातुको शरबत बनाएर पिउनका लागि एउटा गिलासमा पानी लिने । अब उक्त पानीमा दुई चम्चा जति जौंको सातु मिसाउने । यसलाई गुलियो बनाएर पिउनका लागि गुड वा महको प्रयोग गर्न सकिन्छ ।

त्यस्तै कागतीको रस राखेर पनि पिउन सकिन्छ । तपाईंलाई धेरै चिसो पिउन मन छ भने बरफ पनि मिसाउन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved