राष्ट्रिय सभाबाट संसदीय सुनुवाइ समितिमा ३ जनाको मनोनयन

नेपालभ्युज

राष्ट्रिय सभाबाट संसदीय सुनुवाइ समितिमा ३ जनाको मनोनयन

काठमाडौं।राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा पार्टीगत भागबन्डासहित ३ जना सदस्यहरूको मनोनयन गरेको छ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा कांग्रेस,एमाले र माओवादीका गरी ३ जना राष्ट्रिय सभा सदस्यहरूलाई मनोनयन गरेको हो।

समितिमा राष्ट्रिय सभा सदस्यहरू कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादीका जगप्रसाद शर्मालाई मनोनयन गरेको हो। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम बैठकमा जानकारी गराएका थिए।

बैठकले सर्वसम्मत रूपमा सहमति जनाएको हो । नेपालको संविधानले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरूको नियुक्तिअघि संसदीय सुनुवाइ गर्ने व्यवस्था गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved