उपेन्द्र यादव ५ हजार भन्दा धेरै मतले अघि, घन्टी चौथो स्थानमा

नेपालभ्युज

उपेन्द्र यादव ५ हजार भन्दा धेरै मतले अघि, घन्टी चौथो स्थानमा

काठमाडौं । उपनिर्वाचन अन्तर्गत बाराको क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता पुन: बढाएका छन् ।

हिजो मंगलबार अर्का प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले मतान्तर घटाएर २६ मा झारेपनि अहिने पुन: यादव ५ हजार भन्दा धेरै मतले अघि छन् ।

यादवले २८ हजार ४ सय मत पाउँदा कुशवाहले २३ हजार ३ सय मत ल्याएका छन् । यादव र कुशवाहबीचको मतान्तर ५१ सय रहेको छ ।

तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय मत ल्याएका छन् । चितवन २ मा राष्ट्रिय स्वतनन्त्र पार्टीका रवि लामिछाने र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै स्वर्णिम वाग्लेले शानदार जित निकाल्दा बारामा भने रमेश खरेल चौथो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved