प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुँदै

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुँदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सरकारले गृहकार्य सुरु गरेको छ ।
देशको राजनीतिमा कुनै उतार चढाव नभएमा बैशाख १० को उपनिर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री प्रचण्डले भारतको भ्रमण गर्ने तयारी छ।

स्रोतका अनुसार वैशाख १५ वा १६ मा प्रधानमन्त्री भारत जानेछन्। उनको भ्रमणमा सानो टोली सहभागी हुने र भ्रमण अवधी पनि तीन दिन मात्रै हुनेछ।

अहिलेसम्मको तयारी अनुसार प्रधानमन्त्री प्रचण्ड वैशाख १५ गते बिहान दिल्ली जाने र तीनदिनपछि काठमाडौं फर्किने भनिएको छ। यद्यपि, यो अन्तिम निर्णय होइन। ‘छिट्टै जानेबारे छलफल चलिरहेको छ तर,दिन टुङ्गो लगाएर तालिका बनेको छैन’ प्रधानमन्त्री कार्यालय स्रोतले भनेको छ।

प्रधानमन्त्रीको भ्रमणबारे भारतको विदेश मन्त्रालयले मिति प्रस्ताव गरेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्न बाँकी छ। यो विषयमा प्रधानमन्त्री प्रचण्ड र नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदबीच कुराकानी भइसकेको छ। परराष्ट्रमन्त्री साउदले पनि भ्रमणको गृहकार्य भइरहेको तर मिती तय हुन बाँकी रहेको बताएका छन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले पनि प्रधानमन्त्रीको भारत भ्रमणलाई मध्यनजर गरेरै हतारमा परराष्ट्रमन्त्री नियुक्त गरिएको भनेका छन्।

यसअघि, चैत पहिलो साता नै प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने तयारी थियो । तर भारतीय पक्षबाट मितिको प्रस्ताव नआएपछी भ्रमण हुन सकेको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved