आलेख

फिनल्यान्ड संसारकै सबैभन्दा खुसी राष्ट्र हुनुका कारण

कुनै देशका मान्छेलाई अझ धरै खुसी पार्नु छ भने तिनले के गर्नुपर्छ त ? त्यसको सबैभन्दा महत्त्वपूर्ण चीज निर्वाचित सरकार हो, जसले देशको आयलाई सकेसम्म समान पारोस्। 

फिनल्यान्ड संसारकै सबैभन्दा खुसी राष्ट्र हुनुका कारण

वर्ल्ड ह्याप्पीनेस सर्वेमा फिनल्यान्ड विगत ६ वर्षदेखि संसारको सबैभन्दा खुसी देश भएको छ । यो सर्वेक्षण ‘क्यान्ट्रिल ल्याडर फाइफ इभ्याल्युएसन’ प्रश्नमा निर्भर गर्दछ।

एउटा यस्तो सिंढीको कल्पना गरौं, जसमा शून्यदेखि दशसम्म, तलदेखि माथि जाने खुड्किला छन् । सबैभन्दा माथिल्लो खुड्किलाले सम्भाव्य उन्नत जीवनको प्रतिनिधत्व गर्दछ भने शून्यले सम्भाव्य खराब जीवनको प्रतिनिधित्व गर्दछ । सिंढीको कुन पाइलामा उभिएको व्यक्तिगत अनुभूति मान्छेले गर्छन् ?

यस्तो मूल्यांकनमा फिनल्यान्ड सबैभन्दा माथि आयो। फिनल्यान्डलाई डेनमार्क र आइसल्यान्डले पछ्याएका छन्। फिनीहरू अरुभन्दा किन धेरै खुसी छन् भन्ने कारण खोज्दा सबैभन्दा महत्त्वपूर्ण कुरा कम आय असमानता छ । सबैभन्दा धेरै र थोरै आम्दानी र भुक्तानी गर्ने बीचको दुरी निक्कै कम छ । त्यसपछि उच्च सामाजिक सहयोग, निर्णयको स्वतन्त्रता र कम भ्रष्टाचार छन् ।

यसमा प्रयोग भएको आय असमानता मापदण्ड गिन्नी कोफिसियन्ट हो । सामान्यतः जब आय असमानता हुन्छ, मान्छेको जीवनमा पैसाको महत्त्व बढ्छ र मान्छे बेखुसी हुन्छन् । मान्छे खुसी हुन पैसाको प्रभाव कम हुनुपर्दछ ।

फिनल्यान्डमा अर्को पनि त्यस्तो गुण छ जसले मान्छेलाई खुसी हुन मद्दत गर्दछ । त्यो भनेको असाध्यै विकेन्द्रिकृत सार्वजनिक कोषबाट संचालित हुने स्वास्थ्य उपचार प्रणाली हो । यहाँको स्वास्थ्य सेवामा निजी क्षेत्रको भूमिका निक्कै थोरै छ । फिनल्यान्डको स्वास्थ्य सेवा प्रणाली अरु कतिपय देशले प्रयोग गरेका विकल्पभन्दा धेरै कुशल र प्रभावकारी हो ।

फिनल्यान्डको सार्वजनिक यातायात भरपर्दो र किफायती छ । हेल्सिन्की विमानस्थल उत्तरी युरोपकै सबैभन्दा राम्रो विमानस्थलमा दर्ज भएको छ । एक फिनिस उखान यहाँनेर सान्दर्भिक हुन्छ– खुसीयाली भनेको त्यस्तो स्थान हो, जो धेरै कम र धेरै बढीको बीचमा हुन्छ ।

फिनल्यान्ड, नर्वे र हंगेरीको आय असमानता समान देखिन्छ, तर फेरि पनि फिनहरू औसतमा किन धेरै खुसी छन् त ? यो किन हो ? विश्व आय असमानता तथ्यांकअनुसार सबैभन्दा धेरै खर्च गर्ने उच्च १० ले सबै आम्दानीको ३३ प्रतिशत घर लैजान्छन्, जबकि बेलायत र अमेरिकामा यसको विपरीत क्रमशः ३६ र ४६ प्रतिशत लैजान्छन् ।

झट्ट हेर्दा यो धेरै ठूलो भिन्नता हैन जस्तो लाग्दछ, तर खुसीयाली सुचकमा यसको धेरै ठूलो प्रभाव हुन्छ। किनकि, त्यसबाहेकका लागि धेरै कम आम्दानी बाँकी रहन्छ । जब कुनै देश र समाजमा थोरै मानिस मात्रै धनी हुन्छन्, यो एउटा देखिने डर बन्दछ ।

सन् २०२१ मा समाजशास्त्रका एक प्राध्यापकले सुझाएका थिए कि अधिक व्यावहारिक अपेक्षाहरू राखेर नै नर्डिक मुलुकमा मानिस खुसी हुन सकेका हुन् । तर, यो भनाईले नर्वेमा भन्दा फिनल्यान्डमा किन मानिस बढी खुसी छन् भन्ने कुरा मापन गर्न सक्दैनथ्यो ।

व्याख्या त सबै प्रकारले गर्न सकिन्छ । भाषा र संस्कृतिको सुक्ष्मताहरू सहित । अहिलेको यो सर्वेक्षण आफैमा पूर्वाग्रही छ कि छैन भन्ने प्रश्न पनि उठेको छ । त्यसो त यो सर्वेक्षणको प्रश्न गर्दा यसको उद्देश्यबारे फिनहरू अगाडि नै जानकार हुन्छन् । त्यो पनि एउटा कारण होला, फिनहरू डेनमार्कका बासिन्दाभन्दा अघि देखिन्छन् ।

फिनल्यान्डका स्कुल नर्वेका भन्दा पनि राम्रा छन्। विद्यालयको गुणस्तर समान छ । यहाँ स्कुल छनोट र राम्रो शिक्षा प्राप्त गर्न सकिन्छ । सबै फिनहरूका लागि उनीहरूको पायक पर्नेगरी स्कुल छन् । फिनहरू स्कुल शिक्षाबाट विमुख हुन सक्दैनन– खुसी हुनका लागि सायद यो धेरै महत्त्वपूर्ण कुरा हो ।

अर्को कुरा राम्रो आवास नीति हो । यहाँ विभिन्न प्रकारका सामाजिक आवास सुविधा र कम घरवारविहीनता छ । स्वास्थ्य सेवा सुविधाले घरघरमै प्रतिक्षा गरिरहेका हुन्छन्, जो विश्वकै लागि ईष्याको कुरा हो । महाब्याधीको अवधिमा पनि यो कायम थियो र निक्कै प्रसंशनीय रह्यो ।

विश्वमा हुने १०० बढी आर्थिक, सामाजिक सफलताका सूचकमा फिनल्यान्ड पहिलो, दोस्रो वा तेस्रो स्थान हुन्छ । नर्वेको भन्दा पनि राम्रो स्थानमा हुन्छ । फिनल्यान्डसँग नर्वेको जति पैसा भने छैन, सायद तेल नभएको कारणले । तर फिनहरूलाई आफैमा गौरवान्वित देख्छ सकिन्छ र यसका लागि उनीहरूलाई क्षमा गर्नु पर्ने हुन्छ ।

हंगेरीको आर्थिक असमानता फिनल्यान्ड र नर्वेको भन्दा अलिकति मात्रै धेरै हो तर किन यसको स्थिति यति नराम्रो छ त ? कतिपयले भन्छन् कि यो उनीहरूको विभाजित राजनीतिको कारणले हो । सन् २०२२ मा युरोपेली संसदले भनेको थियो कि अब हंगेरीमा पूर्ण लोकतन्त्र छ भन्न सकिन्न।

स्वतन्त्रताले जनताको जीवनमा धेरै ठूलो अर्थ राख्छ । त्यसभित्र भयबाट स्वतन्त्रता पनि पर्छ । टर्की र भारतको आर्थिक असमानता कल्पनाबहिर नहुँदा पनि खुसीयालीको स्तर किन राम्रो छैन भन्ने कुरा यसको उदाहरण बन्न सक्दछ ।

यसको विपरीत चिनियाँ र दक्षिण अफ्रिकी भने यिनीहरूको आय असमानताको स्तरले सिफारिस गर्ने मात्राभन्दा बढी खुसी हुन सक्दछन् । दक्षिण अफ्रिका नेल्सन मण्डेलाको रिहाइको केही वर्षपछि सन् १९९४ मा एक लोकतान्त्रिक देश बनेको थियो । आज पनि त्यहाँ धेरैले त्यस अघिको स्थितिलाई सम्झिन्छन् ।

चीनका मानिस पनि त्यति धेरै डराउँदैनन्, जति पश्चिममा चित्रण गरिन्छ । धेरै देशको खुसीयालीस्तर र अन्य धेरै कुरा तिनीहरूको आय असमानताबाट अनुमान गर्न सकिन्छ । बेलायत आय असमानता भएका युरोपेली देशहरूको बीचतिर छ । इजरायल हुनुपर्ने भन्दा धेरै कम खुसी देखिन्छ । यो भन्न सकिएला कि, सन् २०२२ यता हुँदै आएका व्यापक प्रदर्शन जिम्मेवार छन् ।

कुनै देशका मान्छेलाई अझ धरै खुसी पार्नु छ भने तिनले के गर्नुपर्छ त ? त्यसको सबैभन्दा महत्त्वपूर्ण चीज निर्वाचित सरकार हो, जसले देशको आयलाई सकेसम्म समान पारोस्।

त्यसपछि सामाजिक सेवाको सुनिश्चितताको कुरा आउँछ– स्कुल, आवास र स्वास्थ्य उपचार सर्वाधिक र समतामुलक र प्रभावकारी हुनुपर्ने चिज हुन् । र अन्तिम कुरा भनेको स्वतन्त्रताको स्तर हो । यदि सबै जनसंख्यालाई सर्वेक्षणमा सामेल गर्ने हो भने तीमध्ये कति भयग्रस्त छन् ।

द कन्भर्सेसनबाट 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved