धरानमा श्रमदान गर्न प्रधानमन्त्रीलाई हर्क साङपाङको निम्तो

नेपालभ्युज

धरानमा श्रमदान गर्न प्रधानमन्त्रीलाई हर्क साङपाङको निम्तो
फाइल फोटो

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धरानमा श्रमदान गर्न निम्ता गरेका छन् ।

उपमहानगरपालिकाका प्रमुख साङपाङले मंगलबार एक पत्र पठाउँदै प्रधानमन्त्री दाहाललाई श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि आमन्त्रण गरेका हुन् ।

‘दशकौं पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या र आपूर्तिको अवस्था र समस्या समाधानका लागि चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु,’ पत्रमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved