जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्छ : उपप्रधानमन्त्री खड्का

जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्छ : उपप्रधानमन्त्री खड्का

सुर्खेत।  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले  निर्वाचनकै बेलाको गठबन्धनअनुसार सरकार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर-२ काे प्रथम क्षेत्रीय अधिवेशनकाे साेमबार पन्चपुरी नगरपालिकाकाे बावियाचाैरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री खड्काले  शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानकाे सुदृढीकरण गर्न र देशकाे तिव्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए । संघ र प्रदेशकाे निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छाैं, संघीय लाेकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छाैं, तिब्रतर गतिमा देशकाे विकास गर्छाैं भनेका थियाैं, उनले भने, `चुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका कामहरू गर्न अहिलेकाे सरकार लागिरहेकाे छ ।´

उनले द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने बताए । उनले पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेकाे बताउँदै याे बीचकाे समय खेर गएकाे बताए । उनले पुस १० काे अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेकाे बताउँदै यसले देश र जनताका पक्षमा काम गर्ने बताए ।

उनले एजेण्डामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले ती एजेण्डाहरू पूरा हुने बताए । सरकारले अहिले सार्वजनिक गरेकाे न्युनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने उनले बताए। उनले कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावनालाई सदुपयो गर्दै विकासको गतिलाई तिब्र पार्ने गरि केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved