भारतसँगै नेपालमा पनि बढे कोरोना संक्रमित

कोरोना भाइरसको संक्रमण क्रमशः बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा कुल ९१५ जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको छ। हाल सक्रिय संक्रमितको संख्या १२३ रहेको छ।

नेपालभ्युज

भारतसँगै नेपालमा पनि बढे कोरोना संक्रमित

काठमाडौं। कोरोना भाइरसको संक्रमण क्रमशः बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा कुल ९१५ जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको छ। हाल सक्रिय संक्रमितको संख्या १२३ रहेको छ।

भारतमा संक्रमण बढ्न थालेसँगै त्यसको संकेत नेपालमा पनि देखिएको हो बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै कोरोना संक्रमण बढेको जनाएको हो।

बुधबार कुल १ हजार ३३० जनाको परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको थियो। त्यसैगरी मंगलबार १ हजार ४२९ जनाको परीक्षणमा २४ जनामा संक्रमण देखिएकोमा सोमबार १ हजार २६६ को परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको थियो।

नेपालमा हाल दैनिक एक हजार हाराहारीमा कोभिडको परीक्षण भइरहेको देखिन्छ । मन्त्रालयले सार्वजनिक गरेको एक हप्ताको तथ्यांक हेर्दा संक्रमण उकालो लाग्दै गरेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved