शुक्रबार र शनिबार देशभर नै वर्षाको सम्भावना

नेपालभ्युज

शुक्रबार र शनिबार देशभर नै वर्षाको सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं। नेपालमा पश्चिमी वायु प्रवेश गरेको छ । सामान्यतया पश्चिमी वायुको प्रवेशले नेपालमा वर्षा गराउने गरेको छ ।

बुधबार बेलुकादेखि नेपालमा पश्चिमी वायुको प्रवेश भएको मौसमविद् धर्मराज उप्रेतीले बताएका छन् । बुधबार यो प्रणाली भित्रिएपनि यसको खास असर भने शुक्रवारदेखि देखिन थाल्नेछ ।

आज विहीबार देशका केहि ठाउँमा मात्रै बदली र वर्षाको सम्भावना रहेको छ । तर शुक्रवारदेखि भने यो प्रणालीको असर देशैभर देखिने उनले बताएका छन् ।

आज सुदूरपश्चिम प्रदेशबाट सामान्य वर्षा हुन सुरु हुने र भोली शुक्रवार र शनिवार देश भरी नै हल्कादेखि मध्यम वर्षा, असिना पानी र कतै हावाहुरी अनि चट्याङको समेत सम्भावना रहको छ । ठाउँ अनुसार फरक असर पर्नेछ ।

भारतमा मौसम बिभागले भने शुक्रवार र शनिवारका लागि उत्तर प्रदेश, बिहार अनि उत्तराखन्डका लागि सावधानी जारी गरिसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved