सत्ता गठबन्धनको बैठकमा न्युनतम साझा कार्यक्रमको मस्यौदा पेस

नेपालभ्युज

सत्ता गठबन्धनको बैठकमा न्युनतम साझा कार्यक्रमको मस्यौदा पेस

काठमाडौं ।   १० दलीय गठबन्धनको बैठकमा सरकारको  न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गरिएको छ । मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले उक्त मस्यौदा प्रस्तुत गरेका हुन् ।

सो मस्यौदा सबै दललाई वितरण गरिएको र त्यसमा दलले आन्तरिक छलफल गरेपछि थपघट गर्ने सहमति भएको छ ।

मन्त्रीपरिषद् बिस्तारको निर्णय गर्न बसेको बैठक दलहरुले आफ्नो आफ्नो दाबी नछोड्दा बिना निस्कर्ष सकियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार पुनः बसेर निस्कर्ष निकाल्ने बताए ।

उनले भने,  ‘सरकार पक्षीय राजनीतिक दलका नेताहरुको बेठक बस्यो सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो । भोलि फेरि बस्ने भन्नेछ । भागबण्डाको बारेमा छलफल भएन । सरकार चाँडो भन्दा चाँडो   विस्तार गर्ने कुरा भयो । सरकार चाँडै बिस्तार हुनेगरी छलफल भयो । मन्त्रालय नमिल्ने भन्ने समस्या छैन । ‘

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved