शिव परियारले भने- ‘कन्ट्रोभर्सी’ खबरबाट सावधान !

नेपालभ्युज

शिव परियारले भने- ‘कन्ट्रोभर्सी’ खबरबाट सावधान !

काठमाडौं । पछिल्लो समय मेला महोत्सवमा ‘भाइरल’ बन्ने नाममा युवा-युवती झुम्मिएर रेलिङ्ग र बार भत्काउनेगरी अभिनय गर्दै आएको ‘धोकेबाज हौ तिमी’ गीतका बारेमा गायक शिव परियारले मुख खोलेका छन् ।

उनले मंगलबार फेसबूकमार्फत एक विज्ञप्ति जारी गर्दै ‘पछिल्लो समय मिडियामा आएका बनिबनाउ प्रहारपूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक विचार’ भन्दै गायक परियारले मुख खोलेका हुन् ।

‘पहिला कसले गाएको ? पछि कसले गाएको ? भन्ने बनिबनाउ कन्ट्रोभर्सी खबरबाट मेरा सबैजना प्रिय शुभचिन्तकहरू कृपया सावधान र सतर्क रहिदिन अनुरोध गर्दछु । धोकेबाज हौ तिमी गीत यस गीतका आधिकारिक श्रष्टा सङ्गीतकार सुवास कार्कीजीले आधिकारिकरूपमा मेल, फिमेल र चाईल्ड तीनवटै भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गर्नुभएको हो । यसमा स्वर दिने कुनै पनि गायक-गायिकाले यो गीत मेरो मात्र हो, अरुको होइन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि छैन । र, चोरी-चकारी वा कभर गरेर हामी कसैले गाएको पनि हैनौँ,’ गायक परियारले लेखेका छन् ।

उनले मेल, फिमेल र चाईल्ड भर्सन गाउने सबै गायक-गायिका सबै आधिकारिक भएको उनले बताएका छन् ।

उनले यसमा विवाद गर्नुपर्ने कुनै कुनै कारण नभएको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘म आधिकारिकरूपमा स्पष्ट पार्दछु कि यति सहज, सरल र विषयमा कुरा बुझेर पनि र जानेर पनि बुझ पचाएर प्रहार गर्ने उद्देश्यले यो अप्राकृतिक कन्ट्रोभर्सी आकर्षित देखिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved