मध्यपश्चिम विश्वविद्यालयका स्ववियू निर्वाचन स्थगित

मध्यपश्चिम विश्वविद्यालयका स्ववियू निर्वाचन स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

उच्च अदालत सुर्खेतले चैत्र ३  गर्ने भनिएको स्ववियुको निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित भएको हो ।

बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटै आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको विश्व विद्यालयका रजिष्ट्रार प्रा.डा नारायणप्रसाद पौडेलले बताए ।

‘स्ववियु निर्वाचन गर्न सहज अवस्था नभएका कारणले तत्कालका लागि स्ववियु निर्वाचन तालिका स्थगित गरिएको छ ।’ उनले भने, ‘विद्यार्थी संगठनसँग आवश्यक छलफल गरि उपयुक्त समयमा स्ववियु निर्वाचन गराइने छ ।’

विश्वविद्यालयको बैठकले केन्द्रीय क्याम्पसको सँगै अन्य आंगिक क्याम्पसको पनि स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । गत मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्मका लागि भन्दै बुधबार स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो । चैत्र ८ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा ऊपस्थित हुन पनि आदेश जारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved