बाइडेनको घोषणा- बैंकहरू डुब्न नदिन जस्तोसुकै काम गर्नेछौँ

सिलिकन भ्याली बैंक डुबेको खबर आएपछि अमेरिकाले वचतकर्तालाई बैंकबाट पैसा निकाल्नबाट रोक्न चाहन्छ, जनताले भने आफ्नो पैसा फिर्ता लिन चाहन्छन् । 

नेपालभ्युज

बाइडेनको घोषणा- बैंकहरू डुब्न नदिन जस्तोसुकै काम गर्नेछौँ

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले बैंकहरूलाई डुब्नबाट जोगाउन अमेरिकाले जस्तोसुकै काम गर्न तयार रहेको बताएका छन्।

बाइडेनको बयान यस्तो समयमा आयो जब अमेरिकाले सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकलाई बचाउन आवश्यक निक्षेपको ग्यारेन्टी गरेको थियो।

सिलिकन भ्याली बैंक डुबेको खबर आएपछि अमेरिकाले बचतकर्तालाई बैंकबाट पैसा निकाल्नबाट रोक्न चाहन्छ, जनताले भने आफ्नो पैसा फिर्ता लिन चाहन्छन् ।

बाइडेनले पत्रकार सम्मेलनमा भने, “हाम्रो बैंकिङ प्रणाली सुरक्षित छ भन्नेमा ढुक्क हुनुहोस्।” सिलिकन भ्याली बैंकमा पैसा जम्मा भएका व्यक्ति तथा कम्पनीले आजदेखि प्रयोग गर्न सक्ने उनले बताए ।

सहयोगको घोषणा गर्दै बाइडेनले भने, “म तपाईंलाई यो आश्वासन दिन चाहन्छु कि हामी यहाँ रोकिने छैनौं। हामी जे आवश्यक छ त्यो गर्नेछौं।”

टेक्नोलोजी कम्पनीहरूलाई ऋण दिनको लागि प्रसिद्ध सिलिकन भ्याली बैंक शुक्रबार नियामकहरूले बन्द गराएको थियो र यसको सम्पत्ति रोक्का गरिएको थियो। सन् २००८ को वित्तीय संकट पछि अमेरिकामा असफल हुने यो सबैभन्दा ठूलो बैंक हो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved