प्रिमियर लिग: लिभरपुल बर्नमाउथसँग हार्यो, सिटी र चेल्सी विजयी

नेपालभ्युज

प्रिमियर लिग: लिभरपुल बर्नमाउथसँग हार्यो, सिटी र चेल्सी विजयी

एजेन्सी। इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिभरपुललाई हराएको छ । अघिल्लो हप्ता म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हराएको लिभरपुल गएराती बर्नमाउथसँग १–० गोलले पराजित भयो ।

बर्नमाउथका लागि खेलको २८ मिनेटमा फिलिप विलिङले गरेको गोल नै निर्णायक बन्यो । विजयी भएको बर्नमाउथ २४ अङ्कसहित १७ औँ स्थानमा छ ।

गएराती भएको अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई हराएको छ । सिटीका इर्लिङ हालाण्डले खेलको ७८औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको २७ खेलमा ६१ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

गएराति भएको अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । चेल्सीले १० खेलाडीमा समेटिएको लेस्टरलाई ३–१ गोलले हराएको हो । खेलको ११औँ मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

३९औँ मिनेटमा पाटसन डाकाले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा ल्याए । तर पहिलो हाफको इन्जुरी समयमा काइ हाभट्र्जले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यस्तै खेलको ७८औँ मिनेटमा माटियो कोभासिसले गोल गरेपछि चेल्सी ३–१ ले विजयी भयो ।

खेलको ८७औँ मिनेटमा लेस्टर १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले २६ खेलमा ३७ अङ्क जोडेर चेल्सी १०औँ स्थानमा रहेको छ । अर्को खेलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई ३–१ गोलले हराएको छ ।

यस्तै एभर्टनले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको छ । ब्राइटन र लिड्स युनाइटेडबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved