निर्वाचन प्रणालीमा सुधारको माग गर्दै रिले अनशन जारी

नेपालभ्युज

निर्वाचन प्रणालीमा सुधारको माग गर्दै रिले अनशन जारी

काठमाडौं। लोकतन्त्र रक्षाका लागि निर्वाचन प्रणालीमा सुधारको माग गर्दै लोकतान्त्रिक नागरिक अभियानले ११ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन जारी राखेको छ ।

प्राथमिक निर्वाचन, नो भोट र प्रतिनिधि फिर्ता बोलाइनुपर्नेलगायत माग पनि सो अभियानले गरेको छ ।

पूर्ण न्यायसहितको लोकतन्त्र र नेपाली नागरिकलाई मतदानको अधिकारको सुनिश्चितता लगायतका मुद्दा सम्बोधन नभएसम्म अनशन जारी रहने अभियानका संयोजक नन्दराज उपाध्यायले बताए ।

सो अनशनमा जय महाङ्काल युवा समूहले पनि समर्थन जनाएको छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved