क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवीसम्बन्धी गोष्ठी सम्पन्न

नेपालभ्युज

क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवीसम्बन्धी गोष्ठी सम्पन्न

काठमाडौं । युरोपियन युनियन (ईयू)को सहयोगमा क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवीसम्बन्धी तीन दिने अभिमुखिकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठी क्रिएसन नेपालद्धारा काठमाडौंको शम्वाला होटलमा बुधवारदेखि शनिबारसम्म चलेको गोष्ठी ग्रिनसिफ्ट परियोजना कार्यान्वयन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो ।

परियोजना कार्यान्वयनका लागि बागमती प्रदेशबाट ललितपुर महानगरपालिका, लुम्बिनी प्रदेशबाट नेपालगञ्ज उपमहानगरपालिका र मधेश प्रदेशबाट बर्दीवास नगरपालिका मध्येबाट छानिएका चार विद्यालयका १२ जना फोकल शिक्षक, शिक्षिका तथा स्थानीय युवा समुहका चार जना प्रनिधित्व हुने गरी जम्मा २४ जनालाई प्लास्टिक फोहोरमैला व्यवस्थापन विभिन्न विषयमा अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।

गोष्ठीमा सहभागी भएकाहरूलाई परियोजनाको बिषयमा विस्तृत जानकारी गराइनुका साथै सन्चारको आधारभुत ज्ञान, परियोजनाका सन्चार दिशानिर्देशहरू, सामाजिक सन्जाल कसरी प्रयोग गर्ने, वित्तीय रिपोर्टिङ्ग, कार्ययोजना निमार्णका साथै नेतृत्व क्षमता विकास अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

क्रिएसन नेपालका अध्यक्ष आनन्द मिश्राले गोष्ठीमा सहभागी भएकाहरूले उपलब्धीमुलक व्यवहारिक ज्ञान हासिल गरेर आआफनो क्षेत्रमा फर्केपछि लागु गर्न सहज हुने विश्वास व्यक्त गरे ।

उनले वातावरण संरक्षण गर्ने जिम्मा हरेक नागकिरको भएको हुनाले समुदाय र विद्यालय स्तरबाट ज्ञान र सचेतना जगाउन सके न्युनिकरण हुन सक्ने बताए ।

त्यसैगरी, क्रिएसन नेपालका महासचिव तथा विभागीय प्रमुख सुजाता कोइरालाले गोष्ठीको उद्घाटन सत्रमा बोल्दै सहभागीहरूलाई स्वागत गर्दै तीन दिनको बसाईको क्रममा परियोजनासम्बन्धी विविध ज्ञान हासिल भै सहज हुने विश्वास व्यक्त गरेकी थिइन् ।

क्रिएसन नेपालले ग्रिनसिफ्ट परियोजना चार बर्ष समयावधिका लागि तीन प्रदेशको नौ स्थानीय तहमा सञ्चालन गरिहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved