‘छक्कापञ्जा ४’को भिडिओ क्लिप टिकटकमा लिक भएपछि साइबर ब्युरोमा उजुरी

फिल्म ‘छक्कापञ्जा ४’का भिडियो क्लिप टिकटकमा सार्वजनिक भएपछि फिल्मको डिजिटल अधिकार किनेको कम्पनी ओएसआरले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

नेपालभ्युज

‘छक्कापञ्जा ४’को भिडिओ क्लिप टिकटकमा लिक भएपछि साइबर ब्युरोमा उजुरी

काठमाडौं। फिल्म ‘छक्कापञ्जा ४’का भिडियो क्लिप टिकटकमा सार्वजनिक भएपछि फिल्मको डिजिटल अधिकार किनेको कम्पनी ओएसआरले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

ओएसआरले त्यस्ता क्लिप पोस्ट गर्नेको पहिचान खुलाइदिन र हटाइपाऊँ भन्दै निवेदन दिएको ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले बताए।

ओएसआरका ओम अग्रवालले आफूहरूले महँगो मूल्यमा फिल्म किनेका कारण जसरी भए पनि पाइरेसी रोक्न निवेदन दिएको बताए।

फिल्मका क्लिप्सहरु एकाएक टिकटक र युट्युबमा बाहिरिँदा व्यवसायलाई नै चुनौती भएकाले आफूहरूले साइबर ब्युरो गुहारेको उनको भनाइ छ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले पनि टिकटकमा भिडियो पोस्ट रोक्नका लागि आफूहरूले चलचित्र संघसँग छलफल गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved