प्रचण्डविरुद्धको रिट दर्ता गर्ने सर्वोच्च अदालतको आदेशप्रति माओवादीको आपत्ति (विज्ञप्तिसहित)

नेपालभ्युज

प्रचण्डविरुद्धको रिट दर्ता गर्ने सर्वोच्च अदालतको आदेशप्रति माओवादीको आपत्ति (विज्ञप्तिसहित)

काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपर रिट निवेदन दर्ता गर्न भनि सर्वोच्च अदालतले दिएको आदेशप्रति  नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

महासचिव देवप्रसाद गुरुङले आज विज्ञप्ति निकालेर सर्वोच्चको आदेश विस्तृत शान्ती सम्झौता विरुद्ध भएको भन्दै भर्त्सना पनि गरेका छन् । विज्ञप्तिमा प्रचण्डले वाक स्वतन्त्रताको उपयोग गरी दिएका अभिव्यक्तिलाई बंगाएर कारबाहीको विषय बनाइनु पर्छ भन्दै कलुषित र पूर्वाग्रही भावनाले दायर भएको रिट अभिव्यक्ति स्वतन्त्र प्रतिकुल समेत भएको उल्लेख गरिएको छ ।

शान्ति सम्झौता विपरित हुने क्रियाकलाप संक्रमणकालिन न्यायको मान्यता विपरित हुने भन्दै माओवादीले त्यसविरुद्ध एकजुट हुन दलहरु, आम जनता र अन्तराष्ट्रिय समुदायलाई आव्हान पनि गरेको छ ।

ज्ञानेन्द्र राज आरणले प्रचण्डलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन सर्वोच्चका रजिष्टारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरेका थिए । तर शुक्रबार न्यायाधिस ईश्वर खतिवडा र हरि फुँयालको इजलासले रिट दर्ता गर्न रजिष्टारका नाममा आदेश दिएपछि माओवादी आक्रोशित भएको हो ।

रिटमा युद्धका क्रममा मारिएकामध्ये पाँच हजारको  जिम्मा आफूले लिने भनि प्रचण्डले गरेको भाषणलाई आधार बनाएर कारबाहीको माग गरिएको छ ।

हेर्नुहोस माओवादीको विज्ञप्ति : 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved