तराईका केहि जिल्लामा हावाहुरी चल्ने, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

नेपालभ्युज

तराईका केहि जिल्लामा हावाहुरी चल्ने, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं। प्रि मनसुनको सिजन सुरु भएसँगै हावाहुरी, चट्याङ् र वर्षा हुने क्रम बढेको छ । पछिल्ला केहि दिनदेखि देशका विभिन्न जिल्लामा हावाहुरी, चट्याङ् र वर्षा भइरहेको छ ।

आज आइतबार पनि तराईका केही जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत हुन मौसमविद्ले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसो पछिको समयमा हावाहुरीको गति बढ्ने अनुमान रहेकाले यो समयमा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

यस्तै, आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ भने कोशी र बाग्मती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved