सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै,  माओवादीलाई फकाउने प्रयास

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति र माओवादी दुवैले विश्वासको मत नदिए कि एमालेको साथ लिनुपर्ने कि राजीनामा दिनुपर्ने दुई विकल्प मुख्यमन्त्री कमलबहादुर शाहलाई आईपर्ने देखिएको छ ।

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै,  माओवादीलाई फकाउने प्रयास

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतबार विश्वासको मत लिँदैछन् । दिउँसो बस्ने प्रदेशसभाको बैठकमा शाहले आफूलाई विश्वासको मत माग्ने कार्यतालिका रहेको छ ।

कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा यसअघि आज नै नागरिक उन्मुक्ति पार्टीले पनि वर्तमान सरकारलाई लिखित सहमतिविना समर्थन गर्न नसक्ने बताइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति र माओवादी दुवैले विश्वासको मत नदिए कि एमालेको साथ लिनुपर्ने कि राजीनामा दिनुपर्ने दुई विकल्प मुख्यमन्त्री कमलबहादुर शाहलाई आईपर्ने देखिएको छ ।

नेकपा माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

शनिबार बसेको माओवादी संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको भएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार बनेको सरकार माघ २६ मा ढलेपछि सोही दिन उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

सोहीअनुसार विश्वासको मत लिँदै गरेका उनलाई कांग्रेसका १९ र नेकपा एकीकृत समाजवादीका ४ मत पाउने निश्चित छ । शाह सरकारलाई स्वतन्त्र जितेका डा तारा जोशीले पनि विश्वासको मत दिने जनाएका छन् ।

यता मुख्यमन्त्री कमल शाहले भने विश्वासको मत पाउनेमा कुनै शंका नगर्ने आग्रह गरेका छन् । उनले आज दिउँसोसम्म माओवादी र नागरिक उन्मुक्ति दुवैको सहयोगमा आफूले विश्वासको मत पाउने दाबी गरेका छन् ।

तर, माओवादी र नागरिक उन्मुक्तिले भने अहिलेसम्म विश्वासको मत दिने निर्णय गरेका छैनन् । यहाँ माओवादी केन्द्रका सभामुखसहित ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । सूदुरपश्चिममा कुल ५३ जना सांसद रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved