शाहरुख खानका २ फ्यान रातिको ३ बजे ‘मन्नत’ पस्दा पक्राउ

नेपालभ्युज

शाहरुख खानका २ फ्यान रातिको ३ बजे ‘मन्नत’ पस्दा पक्राउ

मुम्बई। बलिउड अभिनेता शाहरुख खानको मुम्बईस्थित बंगला ‘मन्नत’मा दुई युवा बिना जानकारी पर्खाल नाघेर पसेको भन्दै समातिएका छन्। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले यस मामिलामा दुवैजनालाई पक्राउ गरी हिरासतमा लिएको छ।

यो दुई व्यक्ति पर्खाल नाघेर मन्नतमा छिरेका थिए। त्यसबेला उनीहरूलाई दुई तलामाथि पुगेपछि सुरक्षा गार्डले समातेका थिए। एएनआईले पुलिसलाई उद्धृत गर्दै जनाएअनुसार यी दुवै युवकको उमेर २० देखि २२ वर्ष छ।

उनीहरू शाहरुखसँग भेट्ने अपेक्षासहित गुजरातबाट मुम्बई आएका थिए। दुवैविरुद्ध जाहेरी दर्ता गरेर जाँच थालिएको छ। द इन्डियन एक्सप्रेसका अनुसार बिहीबार बिहानै ३ देखि ४ बजेको समयमा बंगलामा घुसेका थिए।

टाइम्स अफ इन्डियाका अनुसार यी दुई युवक मन्नतमा छिरेको समयमा शाहरुख खान ‘जवान’ फिल्मको सुटिङका लागि बाहिर थिए। तर, उनी युवाहरू घरमा छिरेको समयमा मन्नत आइपुग्न लागेका थिए।

पठान सुपर हिट भएपछि शाहरुख खान अहिले ‘जवान’ र ‘डङ्की’ फिल्मको सुटिङमा छन्। शाहरुखको ‘पठान’ ले बक्स अफिसमा एक हजार करोडभन्दा धेरै आम्दानी गर्न सफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved