सलमान खानको पोस्टमा माग्ने बुढाको कमेन्ट- ‘छक्कापञ्जा ४’ आउँदैछ भाइजान

उनको कमेन्टमा धेरैले रियाक्सन र कमेन्ट गरिरहेका छन्। घिमिरेको यो शैलीलाई कतिपयले नकारात्मक टिप्पणी गरेका छन्।

नेपालभ्युज

सलमान खानको पोस्टमा माग्ने बुढाको कमेन्ट- ‘छक्कापञ्जा ४’ आउँदैछ भाइजान

काठमाडौं। शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ को प्रचारको लागि कलाकारहरूले गीत बनाउनेदेखि बलिउड कलाकारको पोस्टमा कमेन्ट गर्ने काम गरिरहेका छन्।

फिल्म रिलिजअघि केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले कलाकारलाई कटाक्ष गर्दै प्रवर्द्धन गीत ल्याएका थिए भने उनले अहिले बलिउड अभिनेता सलमान खानको पोस्टमा समेत कमेन्ट गरिरहेका छन्।

सलमान खानले आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी का जान’को नयाँ गीत ‘बिल्ली बिल्ली आँख गोरिए’ गीत रिलिजबारेको बुधबार फेसबुक पेजमा पोस्ट गरेका थिए। पोस्टमा माग्ने बुढाको ‘छक्कापञ्जा ४’ बारेको कमेन्ट गरेका छन् ‘हमारे नेपालमे भी मार्च ३ से सिनेमा ‘छक्कापञ्जा ४’ आ रहा है भाइजान।’

उनको कमेन्टमा धेरैले रियाक्सन र कमेन्ट गरिरहेका छन्। घिमिरेको यो शैलीलाई कतिपयले नकारात्मक टिप्पणी गरेका छन्। दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, बुद्धि तामाङको मुख्य भूमिका रहेको हेमराज बीसी निर्देशित फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved