नेपाली सेनामाथि आरजु राणाको गम्भीर आरोप

नेपालभ्युज

नेपाली सेनामाथि आरजु राणाको गम्भीर आरोप

काठमाडौं। नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाबारे विवादास्पद अभिव्यक्ति दिएकी छन्। उनले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको समेत बताइन्।

नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै मंगलबार उनले यस्तो अभिव्यक्ति दिएकी हुन्। यद्यपि, उनको अभिव्यक्तिमा सेनाले स्पष्टीकरण दिइसकेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी उनले नेपालमा डिजिटल प्रणाली शुरुवात गरे पनि त्यसको प्रयोग गर्न नेपालीहरू पूर्ण सक्षम नरहेको समेत बताएकी थिइन्। राणाले नेपाली सेनाका डेटा (तथ्यांक) हरू टर्की पुग्ने गरेको जानकारी आफूले पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन्।

उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरू चोरी हुने खतरा रहेको उल्लेख गरिन्।

हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारको काममा आईटी क्षेत्रका विद्यार्थीहरूले थप अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘कुनै बेला जर्साबहरूको सबै इमेल मलाई जानकारी हुन्थ्यो । त्यो पर्सनल इमेल थियो’ उनले भनिन्–‘साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ। सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरूले यसमा अनुसन्धान गर्नुपर्छ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved