हात्तीको आक्रमणबाट मृत्यु भएकालाई जनही १ लाख दिने बागमती प्रदेश सरकारको निर्णय

हात्तीको आक्रमणबाट मृत्यु भएकालाई जनही १ लाख दिने बागमती प्रदेश सरकारको निर्णय

हेटौंडा। हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १–१ लाख दिने बागमती प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बागमती प्रदेशको मंगलबार बसेको  बैठकले योसँगै अन्य ३ वटा निर्णयसमेत गरेको छ ।

पछिल्लो समय मकवानपुर र सिन्धुली जिल्लामा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले तत्कालै राहतस्वरूप जनही १ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना  मन्त्री जगन्नाथ थपलियाले बताए।

हात्तीको आक्रमणबाट मकवानपुरमा मृत्यु भएका मनहरी ४ की ६४ वर्षकी राधा अधिकारी, बकैया ५ का सन्तलाल माझी र कमलामाई १३ सिन्धुलीका ४० वर्षका डण्डपाणि पौडेलको परिवारलाई यो रकम दिइनेछ।

अधिकारीको ८ गते, माझीको ११ गते र पौडेलको १३ गते हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

यसैगरी, बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक विमल पोख्रेलले दिएको राजिनीमा पनि स्वीकृत गरेको प्रवक्ता थपलियाले बताए। त्यस्तै, कृषि तथा पशुपंक्षी मन्त्रालयबाट स्थानीय तहमा खर्च गर्ने गरी ३ करोड रुपैयाँ उपलब्ध गराइएको पनि प्रवक्ता थपलियाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved