आलोपालोमा प्रधानमन्त्री पाउने भनि बाहिर आएका कुराहरु अनुमान हुन् : अध्यक्ष नेपाल

नेपालभ्युज

आलोपालोमा प्रधानमन्त्री पाउने भनि बाहिर आएका कुराहरु अनुमान हुन् : अध्यक्ष नेपाल

काठमाडौं । देशका समस्याहरुलाई समाधान गर्न सबै पार्टीहरु एकजुट हुनुपर्छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएका भन्दै ति समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका हुन् । उनले एमाले लगायतका सबै राजनीतिक दलहरु मिलेर जानुपर्ने बताए।

उहाँले संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गरे । ‘नेपालमा जस्तो किसिमको चुनौतीहरु देखिएका छन्, ति चुनौतीहरु सामना गर्नलाई देशका सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्छ,  सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्‍यो’ उनले भने, ‘देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरु एक भएर जानुपर्छ । संकटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ । यो मेरो नीजि कुरा हो ।’

अध्यक्ष नेपालले आफुले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरु अनुमानका कुराहरु भएको टिप्पणी गरे । आफुहरुका बिचमा भएको सहमतीका बारेमा कुरा खोल्ने बेला नआएको उनको भनाई छ । उनले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि आफुहरुले आव्हान गरिरहेको भन्दै एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।

उनले आफुहरु एजेण्डा मिल्नेहरुसँग मोर्चा बनाएर अघि बढ्न तयार रहेको पनि बताए । अध्यक्ष नेपालले सबैकुरा मिल्नेहरुसँग एकताबद्ध हुन पनि सक्ने भन्दै कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved