गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन शर्माको माग

नेपालभ्युज

गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन शर्माको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसद्‌मा बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।

बिहीबार नेपाल विद्यार्थी संघ झापा—काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्‌को बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति दिएको भन्दै रेकर्डबाट हटाउन माग गरे ।

गृहमन्त्रीले संसद्‌मा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने शर्माको भनाइ छ । उनले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै प्रश्नसमेत गरे ।

साथै, सहमति नभए संसद्‌को रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न शर्माले आग्रह गरे ।

भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरुको फाइल खोलेर कारबाही गर्न उनले सुझाए । कांग्रेसका कसको कसको छानबिन गर्ने हो गरे हुने तर, गम्भीर रुपमा छानबिन हुनुपर्ने शर्माले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved