एल्युमुनियम फोयलमा प्याक गरेको खाना खाँदा हुन्छन् धेरै नोक्सान

नेपालभ्युज

एल्युमुनियम फोयलमा प्याक गरेको खाना खाँदा हुन्छन् धेरै नोक्सान

एजेन्सी । अहिले जहाँ पनि हरेक कोही खाना प्याक गर्नका लागि एल्युमुनियम फोयलको प्रयोग गर्ने गर्छन् । तर के तपाईंलाई थाहा छ ? एल्युमुनियममा प्याक गरेको खानाले शरीरमा विभिन्न खाले नोक्सानहरु पुर्‍याउन सक्छ । जानौं विस्तारमा –

एक अध्ययनमा बताइएअनुसार एल्युमुनियम फोयलमा खाना प्याक गर्दा यसका कणहरु भोजनमा मिसिन्छन् जसले गर्दा तपाईंलाई दिमाग, हड्डी र शरीरका अन्य भागमा समस्या हुन थाल्छ । एल्युमिनियममा प्याक गरेको खाना मस्तिष्कका लागि पनि हानिकारक हुन्छ । यसलाई खाँदा मस्तिष्कका कैयौं हिस्सामा नोक्सान हुन्छ । साथमा यो अल्जाइमरको कारण पनि बन्न सक्छ ।

एल्युमुनियममा लामो समय बन्द भइरहेको खानाले हड्डी कमजोर हुन्छन् । किनकी यसरी प्याक गरेको खानामा क्याल्सियमको मात्रा घट्छ । साथमा यो आस्टियोपोरोसिस जस्तो समस्याको कारण पनि बन्न सक्छ ।

मृगौलासम्बन्धी  पिडीत विमारीले एल्युमुनियममा प्याक गरेको खाना खानबाट बच्नुपर्छ । यसको सेवनले मृगौलासँग जोडिएको समस्या अझै बढाउँछ । एल्युमुनियममा प्याक गरेको खाना खाँदा पेटमा कब्जियत, अपच र ग्यासको समस्या हुन थाल्छ । साथमा यसले तपाईंको पाचन प्रणाली पनि खराब बनाउँछ ।

एल्युमुनियममा प्याक खाना खानाले फर्टिलिटीमा समेत समस्या बढ्न थाल्छ । यस्तो खाना लगातार खाइरहने गर्दा महिलाहरुमा गर्भधारण गर्न तथा पुरुषहरुमा समेत फर्टिलिटी समस्या आउँछ । एल्युमुनियम फोयलमा राखेको खाना खाइरहँदा मधुमेहको खतरा पनि बढ्छ । यसको सेवनले शरीरमा सुगरको मात्रालाई बढाउने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved