संसदीय समितिको ‘टीओआर’मा सहमति गर्न गठित कार्यदलको बैठक जारी

नेपालभ्युज

संसदीय समितिको ‘टीओआर’मा सहमति गर्न गठित कार्यदलको बैठक जारी
फाइल फोटो

काठमाडौं । सहकारीमा जम्मा गरिएको रकम हिनामिनाका सम्बन्धमा छानबिन गर्नका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति गर्न कार्यदलको बैठक जारी छ ।

बैठक बिहीबार दिउँसो सिंहदरबारमा सुरु भएको हो ।

केही दिनयता समितिको बैठक बसिरहेक पनि सहमति जुट्न सकेको छैन । रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै कांग्रेसले उनको नाम नै किटेर समिति गठन हुनुपर्ने माग गरेको छ ।

अर्कोतिर, एमाले र रास्वपाले भने लामिछानेको नाम किटेर समिति गठनमा असहमति जनाएको छ ।

कार्यदलमा कानुनमन्त्री पदम गिरीका साथै कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला र रास्वपाका शिशिर खनाल सदस्य छन् । बैठकहरूमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved